close

दोगडाकेदारका व्यवसायीलाई पालिकाले दियाे ३५ दिने म्याद

दोगडाकेदारका व्यवसायीलाई पालिकाले दियाे ३५ दिने म्याद

Trulli
ADVERTISEMENT

बैतडी - दोगडाकेदार गाउँपालिकाले व्यवसाय दर्ता गर्न आग्रह गरेको छ । गाउँपालिकामा दर्ता नगरी सञ्चालनमा रहेका व्यवसायलाई दर्ता गर्न आग्रह गरेको हो । 

उद्योग, व्यापार, पेशा वा यस्तै अन्य प्रकृतिका व्यवासायिक कारोबार गर्ने व्यक्ति, फर्म वा कम्पनिले सूचना प्रकाशन गरेको ३५ दिनभित्र दर्ता गर्न आग्रह गरेको गाउँपालिकाले जनाएको छ ।  आवश्यक कागजातसहित गाउँपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा आवेदन दिनुपर्ने प्रमुख प्रसाशकीय अधिकृत  गजेन्द्र प्रकाश थारुले जानकारी दिए ।

 नेपाली नागरिकताको प्रतिलिपि, प्रचलित कानून बमोजिम सम्बन्धित निकायबाट व्यवसाय दर्ता र इजाजत प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि, गैर नेपाली नागरिकको हकमा सम्बन्धित देशको नागरिकता वा नागरिकको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस वा सरजमिन मुचुल्का, व्यवसाय सञ्चालनमा रहेको अवधि खुल्ने कागजातहरु, सञ्चालकको दुई प्रति पासपोर्ट साइजको फोटोसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।