close

पाटनमा भोलि सार्वजनिक बिदा

पाटनमा भोलि सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

बैतडी– पाटन नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै स्थानीय पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको हो ।

पाटन नगरपालिकाको वडा नम्बर २ स्थित महारुद्र मन्दिरमा सोमबार ४ गते बेलुका र मंगलबार बिहान मेला लाग्ने भएकोले स्थानीय पर्वका बिदा दिएको हो ।

नगरपालिका अन्तर्गत रहेका सबै सरकारी कार्यालय, गैरसरकारी संघसंस्था एवं शैक्षिक संस्था बन्द रहने प्रमुख प्रशाकीय अधिकृत शेरबहादुर बुढाले जानकारी दिए ।