close

बालविवाह न्यूनिकरण गर्न नौबहिनीको सडक नाटक

बालविवाह न्यूनिकरण गर्न नौबहिनीको सडक नाटक

Trulli
ADVERTISEMENT

प्युठान - नौबहिनी गाउँपालिकाले बालविवाह न्यूनिकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्र बालविवाह न्यूनिकरणको लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । 

सूचनाका अनुसार गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप स्थानीय बासिन्दालाई सचेत गराउन लागेको हो । गाउँपालिकाले पालिकाभित्रका माध्यमिक तहका विद्यालयमा सडक नाटकमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । सडक नाटकमा स्थानीय तथा राष्ट्रियस्तरको कलाकारको सहभागिता रहने सो सूचनामा उल्लेख गरिएको छ । 

नाटक माघ ७ गतेदेखि ९ गतेसम्म पालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालन हुने सो सूचनामा उल्लेख गरिएको छ ।