close

सोमबार पालिकाभित्र काटमार नगर्न शुद्धोधनको अनुरोध

सोमबार पालिकाभित्र काटमार नगर्न शुद्धोधनको अनुरोध

Trulli
ADVERTISEMENT

कपिलवस्तु– शुद्धोधन गाउँपालिकाले आगामी सोमबार पालिकाभित्र काटमार नगर्न स्थानीयलाई अनुरोध गरेको छ । सो दिन कुनैपनि पशुपन्छी, जीवको वध, मदिरा, माछा मासिको बिक्री वितरण नगर्न अनुरोध गरेको हो ।
 
यहि ८ गते सोमबार भारतको अयोध्यामा नवनिर्मित श्री राम मन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रम रहेको जनाउँदै रामको विवाह नेपालकी छोरी सीतसँग भएकाले सो दिन उक्त कार्य नगर्न गाउँपालिकाले अनुरोध गरेको छ । 

साथै सो अवसरमा पालिकाका अति आवश्यकबाहेकका सेवा तथा शैक्षिक संस्थाहरुमा बिदा दिएको गाउँपालिकाले जनाएको छ ।