close

इटहरीले माग्यो १४ जना कर्मचारी

इटहरीले माग्यो १४ जना कर्मचारी

Trulli
ADVERTISEMENT

सुनसरी - इटहरी उपमहानगरपालिकाले अस्पतालको लागि १४ जना कर्मचारी माग गरेको छ । उपमहानगरपालिकाले उपमहानगरद्धारा सञ्चालित इटहरी अस्पतालको लागि १४ जना कर्मचारी माग गरेको हो । 

उपमहानगरपालिकाको अनुसार मेडिकल अधिकृत पाँच जना, हेल्थ असिस्टेन्ट चार जना र पाँच जना स्टार्फ नर्स गरी १४ जना कर्मचारी माग गरेको हो । 

योग्यता पुगेका व्यक्तिले यही फागुन १७ गतेसम्म आवश्यक कागजात र दस्तुर तिरी आवेदन दिन सक्ने छन् । लोकसेवा आयोगको न्यूनतम योग्यता अनुसार छनौट भएका व्यक्तिलाई नेपाल सरकारले तोकेबमोजिम सेवा र सुविधा दिने उपमहानगरपालिकाले जनाएको छ ।