close

अनुदानमा जडिबुटी प्रवर्द्धन

अनुदानमा जडिबुटी प्रवर्द्धन

Trulli
ADVERTISEMENT

मोरङ - मिक्लाजुङ गाउँपालिकाले अदुवा, बेसार र जडिबुटी प्रवद्र्धन गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप प्रवद्र्धन गर्न लागेको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले जारी गरेको सूचनाका अनुसार सो कार्यक्रममा सहभागी हुन चाहने स्थानीय बासिन्दाले पालिकामा आवेदन दिन सक्नेछन् । साझेदारीमार्फत सञ्चालन हुने सो कार्यक्रममा गाउँपलिकाले ६० र स्थानीय बासिन्दाले ४० प्रतिशत लागत व्यहोर्नु पर्ने सो सूचनामा उल्लेख गरिएको छ । 

गाउँपालिकाले सो कार्यक्रमको लागि चालुमा आवमा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विभिन्न आवश्यक कागजातसहित आवेदन चैत १ गतेसम्म दिनपर्ने सो सूचनामा उल्लेख गरिएको छ ।