close

सुनकाेशीमा सौर्य मिनीग्रीडबाट विद्युतीकरण

सुनकाेशीमा सौर्य मिनीग्रीडबाट विद्युतीकरण

Trulli
ADVERTISEMENT

ओखलढुङ्गा- वैकल्पिक ऊर्जा  प्रवर्द्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग तथा सुनकोशी गाउँपालिकासँगको साझेदारी र स्थानीयवासीको सहभागितामा ओखलढुङ्गाको ककनीमा सौर्य मिनीग्रीड आयोजना सम्पन्न भएको छ ।

सत्तरी किलोबाट पिक क्षमताको ‘ककनी सौर्य मिनीग्रीड आयोजना’बाट जिल्लाको सुनकोशी गाउँपालिकाको वडा नं ९ स्थित ककनी गाउँका १७१ घरधुरीमा विद्युत् पहुँच पुगेको छ । 

आयोजनाबाट उत्पादित विद्युत्बाट घरधुरी विद्युतीकरणका साथै विद्यालय, स्वास्थ्यचौकी लगायतका सार्वजनिक संस्थामा विद्युतीकरण एवं यन्त्र उपकरण सञ्चालन तथा धान कुटानी, फर्निचरजस्ता लघुउद्यम सञ्चालनमा समेत सघाउ पुगेको छ । कूल लागत छ करोड ४२ लाख ८८ हजार रहेको आयोजनामा कूल लागतको ९० प्रतिशत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदान रहेको छ भने १० प्रतिशत लगानी सुनकोशी गाउँपालिकाको रहेको छ ।

एक समारोहबीच आयोजनाको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले आगामी दुई वर्षभित्र सबैमा विद्युत् पहुँच पुर्‍याउने लक्ष्य हासिल गर्न विद्युतीकरणको अभियानलाई देशैभर अघि बढाइएको बताए । 

 सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले आयोजनालाई दिगोरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिंदै आयोजना निर्माणमा संलग्न सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिए । आयोजनालाई पाँच वर्षसम्म जडानकर्ता कम्पनीले सञ्चालन एवं मर्मतसम्भार गर्ने र त्यसपछि स्थानीय तहलाई हस्तान्तरण गरिने केन्द्रका सहायक निर्देशक एवं सौर्य तथा वायु ऊर्जा शाखाका प्रमुख डा लक्ष्मणप्रसाद घिमिरेले बताए।