close

महानगरको फेसबुक पेज, जहाँ दैनिक अश्लिल पोस्ट हुन्छ

महानगरको फेसबुक पेज, जहाँ दैनिक अश्लिल पोस्ट हुन्छ

Trulli
ADVERTISEMENT

चितवन- भरतपुर महानगरपालिकाको प्रशासकीय प्रमुखको जिम्मेवारी नरेन्द्रकुमार रानाले सम्हालेको पनि १० महिना भइसक्यो । तर प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुखले सूचना वेबसाइटमा मात्र राख्ने गरेका थिए । 

तर दशैँको फुलपातीको दिन एकाएक महानगरपालिकाको नामको फेसबुक पेजबाट अश्लिल सामग्री पोस्ट भयो । तब नगरपालिकाको पेजबारे खोजी भयो । ‘कार्यपालिकाको निर्णय छैन । नगरप्रमुखको निर्णय छैन । प्रमुख प्रशासकीय अधिकृतको निर्णय छैन । त्यसैले पेज छ भन्नेसमेत मलाई थाहा छैन । तर ह्याक भइसकेपछि मलाई सूचना आयो ।’ रानाले पालिकाखबरसँग भने । 

पालिकाकै एक कर्मचारीले पेज चलाएको र महानगरको सूचना पनि पोस्ट गर्ने गरेको कुरा पेज ह्याक भइसकेपछि बल्ल प्रमुख प्रशासकीय अधिकृत राना र महानगरपालिकाले थाहा पायो । ह्याक भएपछि दैनिक अश्लिल पोस्ट भइरहेका छन् । अहिले महानगरपालिकाको टाउको दुखाइको विषय भएको छ । 

महानगरपालिकाले फूलपातीकै दिन साइबर ब्यूरोलाई तत्काल पेज बन्द गर्न फोन र निवेदन दिए पनि अझै बन्द वा रिकभर हुन नसकेको महानगरपालिकाले जनाएको छ । 

यता कुनै निर्णयबिना आफूखुशी पेज खोल्ने कर्मचारीलाई पनि महानगरपालिकाले स्पष्टीकरण सोधिसकेको छ । पेज खोल्ने कर्मचारी हाल पनि महानगरपालिकामै कार्यरत रहेको रानाले पालिकाखबरलाई बताए ।