close

भूकम्प प्रभावित क्षेत्रमा ५ दिनसम्म निःशुल्क फोन र एसएमएस

भूकम्प प्रभावित क्षेत्रमा ५ दिनसम्म निःशुल्क फोन र एसएमएस

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि भ्वाइस कल र एसएमस सेवा निःशुल्क उपलब्ध गराएको छ । 

हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु राम्रोसँग सञ्चालनमा रहेको टेलिकमले जनााएको छ ।

गएराति गएको भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन भन्दै टेलिकमले यस्तो घोषणा गरेको हो ।