close

सत्तापक्ष र प्रमुख प्रतिपक्षको सहमतिले टिकटक बन्द गरिएको : प्रधानमन्त्री

सत्तापक्ष र प्रमुख प्रतिपक्षको सहमतिले टिकटक बन्द गरिएको : प्रधानमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैको सहमतिले टिकटक बन्द गरिएको बताएका छन् ।

नेपाल सम्वत् ११४४ को अवसरमा ठिमी, भक्तपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले समाजमा विसंगति, विकृति, अराजकता, फैलाउने र राज्यको जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न टिकटक बन्द गरिएको बताए।

जति निर्णय गरिएका छन् यसबारे बहस हुँदै जाने र टिकटक बन्द गर्दा कतिपयलाई चित्त नबुझेको कुरा पनि स्वीकार गरे। ‘यो बहस त हुँदै जाला, विमतिहरू पनि होलान् तर सरकारको उद्देश्य कम्तीमा पनि म प्रधानमन्त्रीको हैसियतले नेपाली समाजमा विकृति, विसंगति र अराजकता फैलाउने प्रवृत्तिलाई नियमन गर्नुपर्छ, रोक्न सक्नेलाई रोक्नुपर्छ। नियमन गर्नुपर्नेलाई नियमन गर्नुपर्छ भन्ने मान्यताबाट उत्प्रेरित भएर सबैको सहमतिबाट गरेको छु । केही साथीलाई चित्त बुझेको छैन, छलफल हुँदै जाला,’ उनले भने।

मन्त्रिपरिषद्को बैठकले सोमबार टिकटक बन्द गर्ने निर्णय गरेको थियो।