close

टिकटक प्रतिबन्धविरुद्ध आठ वटा मुद्दा दर्ता

टिकटक प्रतिबन्धविरुद्ध आठ वटा मुद्दा दर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं- टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आठ वटा मुद्दा दर्ता भएका छन् ।

आज पेस भएका आठ वटा मुद्दा दर्ता भएका र मङ्सिर ४ गतेका लागि पहिलो पेशी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । 

अधिवक्ताहरु दिनेश त्रिपाठी, स्वागत नेपाल, जगन्नाथ दुलाल लगायतले दिएको रिट निवेदनमा सरकारको निर्णय पूर्णरुपमा गैर संवैधानिक रहेको दाबी गर्दै सरकारको निर्णय कार्यान्वयनमा तत्काल रोक लगाउन अन्तरिम आदेशको माग गरिएको छ ।

कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।