close

१८ वटा युटुव च्यानल कारबाही गर्न सिफारिस

१८ वटा युटुव च्यानल कारबाही गर्न सिफारिस

Trulli
ADVERTISEMENT

काठमाडौं- दर्ता र सूचीकरण नभइ अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने युट्युब च्यानललाई प्रेस काउन्सिल नेपालले कारबाही गर्ने भएको छ । 
दर्तारसूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने १८ युट्युब च्यानललाई आवश्यक कारबाही गर्न काउन्सिलले सिफारिस गरेको हो ।

मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

मिडियाअन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।