close

जीप दुर्घटनामा परी चार जनाको मृत्यु

जीप दुर्घटनामा परी चार जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । बझाङमा भएको जीप दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ  ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । 

‘हामी भर्खरै घटनास्थलमा आइपुगेका छौँ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले भने, ‘चार जनाको शव निकालेका छौँ । घाइतेहरुलाई अस्पताल पठाइरहेका छौँ । विस्तृत विवरण अहिले दिन सक्ने अवस्था छैन ।’