close

भत्ता बुझेर फर्किँदै गर्दा भीरबाट लडेर एक वृद्धको मृत्यु

भत्ता बुझेर फर्किँदै गर्दा भीरबाट लडेर एक वृद्धको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

भूमिकास्थान नगरपालिका–१ ढाकावाङका अन्दाजी ७२ वर्षीय वीरबहादुर गमालको भीरबाट लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । 

उक्त नगरपालिकाको धारापानीस्थित साइन रेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठूलाखोला घोप्टेसालको भीरबाट लडेर उनको मृत्यु भएको हो । गमाल बाटोबाट झण्डै ८० मिटर तल खस्नुभएकोे घटनास्थलबाट प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । 

घटनास्थलमा गएका प्रहरीको प्रारम्भिक अनुसान्धानअनुसार बुधबार दिउँसो करिब ४ बजेको समयमा उनी र उनका दाजु भत्ता बुझेपछि हिँड्दै घर फर्किएका  थिए । गए राति गमाल भीरबाट लडेको अवस्थामा स्थानीयवासीले देखेका थिए  ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।