close

दुर्गाभगवतीमा आगलागी, ११ चौपाया नष्ट

दुर्गाभगवतीमा आगलागी, ११ चौपाया नष्ट

Trulli
ADVERTISEMENT

रौतहट । रौतहटको पूर्वी भेग दुर्गाभगवती गाउँपालिकामा गए राती एक घरमा भएको आगलागीमा परेर एक दर्जन चौपायाको जलेर मृत्यु भएको छ भने लाखौँको क्षति भएको छ।

दुर्गा भगवती गाउँपालिका-४ पचरुखीका लक्ष्मण महतोको घरमा राती ११ बजे आगलागी हुँदा गोठमा रहेको एउटा भैँसी,  १० वटा खसी बाख्रा,  केही काठ, धान, गहुँ, लत्ताकपडा जलेको प्रहरीले जनाएको छ। घरमा पनि पूर्ण रुपमा क्षति भएको पीडित परिवारले जानकारी दिएका छन्।

लामखुट्टे धपाउन बालिएको घुप सल्किएर आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।