close

बाल अधिकारको संरक्षणका लागि काठमाडौं महानगरपालिका प्रतिवद्ध छ - उपप्रमुख डंगोल

बाल अधिकारको संरक्षणका लागि काठमाडौं महानगरपालिका प्रतिवद्ध छ - उपप्रमुख डंगोल

Trulli
ADVERTISEMENT

काठमाडौं। आर्थिक वर्ष २०८०/०८१ का लागि बालबालिका लक्षित योजना तर्जुमाका लागि महानगर स्तरीय बाल भेला सम्पन्न भएको छ । भेलामा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका सहभागी थिए । भेलाबाट बालबालिकाहरुले ३३ बुँदामा योजनालाई प्राथमिक सूची तयार पारेका छन् । 

काठमाडौं महानगरपालिकाभित्र आफूलाई के मन पर्छ?, के मन पर्दैन? सुरक्षित महसुस हुन्छ कि हुँदैन? जस्ता बाल बचाउ, अधिकार, संरक्षण जस्ता सवाल भेलामा प्रस्तुतीकरण र छलफलका मुख्य विषय थिए । छलफलमा भेदभाव, दुव्र्यवहार, हिंसा, शोषण, उपेक्षा, श्रमसँगै विद्यालयबाट प्राप्त हुने सेवा, सुविधा र आचरण सम्बन्धी सवालहरु उठान गरिएको थियो ।

भेलामा काठमाडाैं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बालबालिकाका वास्तविक आवाजबाट महानगरपालिकालाई बाल अधिकार, बचाउ, संरक्षण जस्ता अधिकारका सवालमा तथ्यपरक योजना तर्जुमा गर्न सघाउ पुग्ने धारणा राखिन्। बाल विकासका चरणहरुमा संवेदनशीलता आवश्यक छ ।’ उनले भनिन्, ‘महानगरपािलका बाल अधिकारका लागि जिम्मेवार छ । आफ्नो जिम्मेवारी पूरा गर्छ ।’

सकारात्मक सोचको निर्माण घरबाटै हुन्छ । कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बालमैत्री सामुदायिक विद्यालय निर्माणमा महानगरले महत्वपूर्ण काम गरिरहेको उल्लेख गरे। ‘बुक फ्रि फ्राइडे हामीले थालेका कामको उदाहरण हो ,’ अधिकारीको भनाइ थियो । 

भेलामा बाल विकास समाज, वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सामाजिक संघ संस्थाका पदाधिकारी सहभागी थिए । बाल क्लव र बाल सञ्जालका ५५ जना बालबालिका भेलामा सहभागी थिए । बालबालिका लक्षित योजना तर्जुमा गर्न बाल भेलाबाट प्राप्त हुने सुझावले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।