close

बालमैत्री स्थानीय शासन घोषणाका लागि ३० सूचक पूरा

बालमैत्री स्थानीय शासन घोषणाका लागि ३० सूचक पूरा

Trulli
ADVERTISEMENT

कास्की– माछापुच्छ्रे गाउँपालिकाले बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारी गरिरहेको छ । उपाध्यक्ष सीता अधिकारीका अनुसार विसं २०८२ मा पालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारी भइरहेको हो । 

सो का लागि गाउँपालिकाले वडागत रुपमा बाल मैत्री स्थानीय शासनका सूचकहरुको अवस्थाका बारेमा तथ्यांक संकलन भइरहेको उनले बताइन् । उनले भनिन्, ‘गत वर्ष ७ वडाको तथ्यांक संकलन गरेका थियौँ । ८० प्रतिशत सूचक पुरा भइसकेको छन् ।’ यस वर्षपनि बाँकी २ वटा वडामा तथ्यांक संकलनको काम सुरु हुन लागेको उनले बताइन् । 

गाउँपालिकालाई एकैपटक बालमैत्री स्थानीय शासन घोषणा गर्नेगरि तयारी भइरहेको महिला तथा बालबालिका शाखाकी ज्योती पौडेलले बताइन् । गाउँपालिकाले बालमैत्री स्थानीय शासन बनाउन बाल विवाहसम्बन्धी सचेतनाका काम गर्दै आएको छ । बालमैत्री बन्नका लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता लगायतका ५१ सूचकहरु हुन्छन् । सो मध्ये ३० सूचक पूरा भइसकेको उनले जानकारी दिइन् । 

गाउँपालिकाले विपदबाट प्रभावित हुने बालबालिकालाई सहयोगको लागि २ लाख रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिइन् । यस्तै गाउँपालिकाले लैंगिक समानताका लागि बालिका जन्मने बित्तिकै बैंक खातामा ५ हजार रुपैयाँ बचत गर्दै आएको उनले पालिकाखबरसँग बताइन् ।