close

बाल विवाह न्युनीकरणका लागि भँगाहामा बाल क्लब सक्रिय

बाल विवाह न्युनीकरणका लागि भँगाहामा बाल क्लब सक्रिय

Trulli
ADVERTISEMENT

महोत्तरी– भँगाहा नगरपालिकामा बालविवाहको समस्या छ । पालिकाभित्र दलित तथा मुसलमान बस्ति रहेको र सो क्षेत्रमा बाल विवाह हुने गरेको नगर उपप्रमुख शान्ति कुमारी सिंहले बताइन् ।

पालिकाभित्र हुने बाल विवाह न्यूनीकरणका लागि विभिन्न गैरसरकारी संस्थाको सहयोगमा बाल क्लबलाई सक्रिय बनाइएको उनले बताइन् । उनका अनुसार बाल विवाहका विषयमा सचेत गराउन नगरपालिकामा वडागत रुपमा बाल क्लब गठन गरी सक्रिय बनाइएको हो । 

गत वर्ष बाल विवाह न्यूनीकरणको लागि सडक नाटक देखाउने तथा चेतनास्तर बढाउन विभिन्न कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिइन् । 

तर, बाल विवाहसम्बन्धी उजुरी नआएकाले बाल विवाहको तथ्यांक नगरपालिकासँग नरहेको उनले बताएन  । ‘म उपप्रमुख भएको दुई वर्ष पुग्न लाग्यो । अहिलेसम्म बाल विवाहको मुद्दा आएको थाहा छैन,’ दलित तथा मुसहर बस्तिमा गरिबी, अशिक्षा र परम्परागत विचारका कारण पनि बाल विवाहका घटना भने सुनेको बताइन् ।

चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा नगरपालिकाले बाल बिवाह र बाल श्रम समस्याका रुपमा रहेकाले यसको निरुत्साहनको लागि बाल क्लब, अन्य समाजिक सञ्जाल र प्रहरी प्रशासनको समेत संलग्नतामा क्षमता विकास गर्ने कार्यक्रमलाई प्राथमिकता दिने उल्लेख गरेको छ । 

तर, चालु आर्थिक वर्षमा बाल विवाह तथा बाल विवाह न्युनिकरण क्षेत्रमा बजेट विनियोजन नभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार यादवले बताए । उनको अनुसार बालबालिकाको क्षेत्रमा काम गर्न नगरपालिकासँग महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा कर्मचारीको समेत अभाव छ ।

बालबालिकाको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरूले भँगाहामा बाल विवाह निरुत्साहनका लागि कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।