close

बाल दिवसमा आधारभूत तह बालबालिकाबीच चित्रकला प्रतियोगिता

बाल दिवसमा आधारभूत तह बालबालिकाबीच चित्रकला प्रतियोगिता

Trulli
ADVERTISEMENT

कपिलवस्तु– यशोधरा गाउँपालिकाले चित्रकला प्रतियोगिताको आयोजना गर्ने भएको छ । पालिकाले ५९औँ बाल दिवसको अवसरमा आधारभूत तहका बालबालिकाहरूबीच चित्रकला प्रतियोगिता गर्न लागेको हो ।

गाउँपालिकाले एक सूचना जारी गर्दै आधारभूत तहका विद्यार्थीहरूलाई सहभागिता गराउन विद्यालयलाई निर्देशन दिएको छ । कक्षा १ देखि ५ सम्मका छात्र र छात्रा गरी दुई जनालाई प्रतियोगितामा सहभागी गराउन विद्यालयहरूलाई गाउँपालिकाले निर्देशन दिएको हो ।

कार्यक्रम भदौ २९ गते १० बजे बेदौलीस्थित श्री अनिरुद्ध पब्लिक माध्यमिक विद्यालयमा सञ्चालन गर्न लागिएको हो ।  चित्रकला बनाउनको लागि आवश्यक सामाग्री सहभागिता स्वयम् वा सम्बन्धित विद्यालयले व्यवस्थापन गर्नु पर्नेछ ।