close

टेलिकमले ल्यायो दसैँ अफर 

टेलिकमले ल्यायो दसैँ अफर 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल टेलिकमले  चाडपर्वका अवसरमा मङ्गलबारदेखि विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको ‘फेस्टिबल अफर’ उपलब्ध गराउने भएको छ । 

 

सो अफर आगामी कात्तिक २ गतेसम्म जारी रहने प्रवक्ता राजेश जोशीले जानकारी दिए । यसैगरी अगामी तिहार, न्हुँदया र छठका अवसरमा यी अफर कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुनेछन् । डाटा प्याकअन्तर्गत रु २९४ मा २० जीवी डाटा १० दिनभित्र र रु ९८ मा ६ जीवी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । 

 

यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएस गतिको अनलिमिटेड प्याक  ६९ मा उपलब्ध हुनेछ । भ्वाइस सेवाअन्तर्गत  २५ मा १ दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक,  ४० मा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र  ५०० मा ३५ दिनसम्म प्रयोग गर्न सकिने १ हजार ३०० मिनेटको प्याक उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय (अल टाइम) प्रयोग गर्न सकिन्छ । 

 

यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने र  २०० देखि  ४९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र  ५०० भन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुने प्रवक्ता जोशीको भनाइ छ । उल्लिखित प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.com np मार्फत पनि यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिनेछ ।