close

तिलोत्तमामा माया कम्प्लेक्स निर्माण गर्दै

तिलोत्तमामा माया कम्प्लेक्स निर्माण गर्दै

Trulli
ADVERTISEMENT

काठमाडौं– सीई कन्सट्रक्सन प्रालिले लुम्बिनीको तिलोत्तमा नगरपालिकामा माया कम्प्लेक्स निर्माण सुरु गरेको छ । कम्पनीको माया डेभलपर्सले तिलोत्तमामा माया कम्प्लेक्सको नयाँ प्रोजेक्ट सुरु गरेको हो । 

 

आयोजना निर्माण र व्यवस्थापन सीई कन्सट्रक्सनले गरेको हो । कम्पनीले त्यहाँ आवास, अपार्टमेन्ट र व्यावसायिक कम्प्लेक्स समावेश गर्नेछ । पहिलो चरणमा माया डेभलपर्सले माया रेसिडेन्सी ल्याएको छ । त्यसमा ४० रोपनी जग्गामा फैलिएको ४८ इकाइ आवास हुनेछन् ।


आयोजना बुद्धचोक, भैरहवाबाट ६ किलोमिटर र राजमार्गबाट १ दशमलव १ किलोमिटरको दूरीमा अवस्थित छ । ‘ओन योर ओन होम’ नामक ट्यागलाइनको साथमा यो परियोजना ल्याइएको हो । सबै सुविधाको साथमा बस्ने समुदायमा घर बनाउने सपना देख्नेका लागि यो परियोजना लक्षित रहेको कम्पनीले बताएको छ ।

 

माया रेसिडेन्सीमा बालबालिकाको खेल्ने क्षेत्र, हेल्थ क्लब, स्विमिङ पुल, मन्दिरलगायत संरचना रहनेछन् । २ हजार ६० वर्ग फुटदेखि २ हजार २ सय वर्ग फुटसम्मको निर्माण क्षेत्र रहेको आधुनिक र परम्परागत लुकको संयोजनमा साढे दुई तले भवनको डिजाइन गरिएको छ । 

 

घर खरिदकर्तालाई छनोट गर्न तीन प्रकारका डिजाइन प्रस्ताव गरिनेछ । चार बीएचके हाउसमा भान्छा घर, बाथरुम, बस्ने र खाने ठाउँ, लुगा धुने कोठा, पूजा कोठा र परिवार कोठाका साथै बालकोनी र कोठरी हुनेछन् । 

 


कम्पनीले बुकिङ खुला गरिसकेकाले आवश्यकताअनुसार प्लट छनोट गर्न सकिनेछ । ‘यो अत्याधुनिक आवासीय कम्प्लेक्स सुरु गर्नुको मुख्य उद्देश्य जीविकोपार्जन र आरामदायी जीवनयापनको स्तर उकास्ने हो’, सीई कन्स्ट्रक्सनका अध्यक्ष तथा प्रबन्ध निर्देशक विजय राजभण्डारीले भने, ‘हामीले पहिलो चरणको मात्रै थालनी गर्दै छौँ । अर्को चरणमा अपार्टमेन्ट र कमर्सियल कम्प्लेक्स निर्माण गर्दै छौँ ।’

 

माया कम्प्लेक्सलाई यस क्षेत्रको ल्यान्डमार्क बनाउने परिकल्पना गरिएको उनले बताए । सीई कन्सट्रक्सनले हाउजिङ, अपार्टमेन्ट निर्माण गर्दै आएको छ ।