close

नमस्ते वाईफाई सेवा विस्तार गर्दै टेलिकम

नमस्ते वाईफाई सेवा विस्तार गर्दै टेलिकम

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल टेलिकमले एफटीटीएच उपलब्ध नभएका सुगमका साथै अधिकांश दुर्गम स्थानमा द्रुत गतिको डेटा भ्वाइस सेवा उपलब्ध गराउन फोरजी एलटीई नमस्ते वाईफाई विस्तार गर्ने भएको छ । कम्पनीले फोरजी एलटीई नमस्ते वाईफाई सेवाका विभिन्न प्याकेज उपलब्ध गराइरहेको छ ।

 

कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेज आवश्यक डिभाइससहित ग्राहकलाई सहज रुपले प्राप्त होस् भनी टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता भएको छ । सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्सका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरे ।

 

फोरजी एलटीई नमस्ते वाईफाईमार्फत टेलिकमले हाल व्यक्तिगत र सरकारी संस्था गरी दुई प्रकारका प्याकेज उपलब्ध गराइरहेको छ । व्यक्तिगत प्याकेजअन्तर्गत होम ब्रोडब्यान्ड बेसिक ८ सय रुपैयाँमा ६० जीबी ३० दिनका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

 

त्यसैगरी १ वर्षका लागि ९ हजार रुपैयाँमा ७२० जीबी प्याक पाइने टेलिकमले बताएको छ । यसलाई प्रतिमहिना ६० जीबीका दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रूपमा ४ सय रुपैयाँमा १५ दिनका लागि ६० जीबी प्याक लिन सकिनेछ ।

 

होम ब्रोडब्यान्ड प्रिमियमअन्तर्गत १२ सय रुपैयाँमा १२० जीबी प्याक ३० दिनका लागि उपलब्ध हुनेछ । १ वर्षका लागि १३ हजार ५ सय रुपैयाँमा १४४० जीबी प्याक उपलब्ध हुने टेलिकमले जनाएको छ । यसलाई प्रतिमहिना १२० जीबीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रूपमा ६ सय रुपैयाँमा १५ दिनका लागि १२० जीबी प्याक लिन सकिनेछ ।

 

सरकारी संस्था प्याकेजमा ३६ सय ५० र २१ सय रुपैयाँमा ३० दिनका लागि विभिन्न प्याकेज उपलब्ध रहेको टेलिकमले बताएको छ । यी प्याकेजबाट अनलिमिटेड डेटा चलाउन सकिनेछ । वार्षिक र अर्धवार्षिक रूपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।