close

कृषक पहिचान गर्न ५ जना कर्मचारी माग

कृषक पहिचान गर्न ५ जना कर्मचारी माग

Trulli
ADVERTISEMENT

इलाम–इलाम नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै करार सेवामा ५ जना किसान सहजकर्ता माग गरेको हो । 

नगरपालिकाको वडा नम्बर ४, ६, ७ र ८ का किसान परिवारको व्यक्तिगत विवरण तथा कृषि, पशुपन्छी सम्बन्धी विद्युतीय प्रणालीमार्फत तथ्यांङ्क संकलन गर्न लागेको छ । सोही तथ्यांक संकलनका लागि नगरपालिकाले किसान सहजकर्ता माग गरेको सो सूचनामा उल्लेख गरिएको छ । 

नगरपालिकाले सो कार्यको लागि ३ महिना रोजगारी दिने जनाइएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्रमा आवश्यक कागजात, दस्तुर तिरेको रसिदसहित आवेदन दिन सकिने सो सूचनामा उल्लेख गरिएको छ।