close

बन्दिपुरमा ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ कार्यक्रम सम्पन्न

बन्दिपुरमा ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ कार्यक्रम सम्पन्न

Trulli
ADVERTISEMENT

तनहुँ– बन्दिपुर गाउँपालिकाले प्रधानमन्त्री रोजगारी कार्यक्रमअन्तर्गत ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा गाउँपालिका सभाहलमा आइतबार कार्यक्रम सम्पन्न भएको हो । 

समान श्रममा समान ज्यालाका विषयमा श्रमिक, गाउँ कार्यपालिका सदस्य तथा जनप्रतिनिधिबिच अन्तरक्रिया गरिएको गाउँपालिकाका रोजगार शाखाका प्रमुख शरण सिंह गुरुङले बताए । 

महिलाहरुलाई श्रमका लागि प्रेरणा जगाउन सो कार्यक्रम सञ्चालन गरिएको उनले बताए । श्रमिकहरुमा सीपको विकास गरेर श्रम बजारमा जान सरकारले आवश्यक तालिम उपलब्ध गराउन सहयोग पुर्याउनुपर्छ भन्ने विषयमा छलफल भएको उनले बताए । 

सो कार्यक्रमले सीपसहित श्रम गर्न चाहने श्रमिकको आवाज गाउँपालिकासम्म पुर्याउने काम भएको उनले पालिकाखबरलाई जानकारी दिए । उनका अनुसार नियमित गाउँपालिकाका योजनामा बेरोजगार सूचीमा सुचिकृत श्रमिकलाई समेट्ने प्रयाससमेत सो कार्यक्रमबाट भएको छ ।