close

महिलालाई स्वरोजगार बनाउँदै भोक्राहा नरसिंह

महिलालाई स्वरोजगार बनाउँदै भोक्राहा नरसिंह

Trulli
ADVERTISEMENT

सुनसरी - भोक्राहा नरसिंह गाउँपालिकाले महिलालाई लक्षित गरी जिविकोपार्जन सुधार तथा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले राष्ट्रपति महिला उत्थान जिपिकोपार्जन सुधार कार्यक्रम अन्तर्गत स्वरोजगार कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाकी महिला बालबालिका शाखा प्रमुख तुलसा निरौलाका अनुसार गाउँपालिकाले संघीय सरकारको बजेटमार्फत सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । गाउँपालिकाभित्रका एकल महिला, दलित तथा पीछडिएका महिलालाई प्राथमिकतामा राखेर सो कार्यक्रम सञ्चालन गरिने उनले पालिकाखबरलाई बताइन् । 

कार्यक्रमको लागि संघीय सरकारले ९ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरेको उनको भनाइ छ । सो रकमबाट उद्यमी बन्न चाहने महिलालाई स्वरोजगारीको लागि तालिम तथा आर्थिक सहयोग गर्ने उनले बताइन् । गाउँपालिकाले सो रकमबाट २५ जना महिलालाई प्रतिव्यक्ति २६ हजार रुपैयाँको दरले सहयोग गर्ने उनले जानकारी दिइन् । 

सहकारी तथा कृषि समूहमार्फत सञ्चालन हुने सो कार्यक्रममा सहभागी भएका महिलाले बाख्रा पालन, पशु पालन तथा कृषि खेती गर्न पाउने उनले सुनाइन् । सो कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि गाउँपालिकाले नियमित रुपमा अनुगमन गर्ने उनको भनाइ छ । 

कार्यक्रम सञ्चालन गर्नको लागि गाउँपालिकाले स्थानीयहरुसँग आवेदन मागसमेत गरिसकेको उनले बताइन् । गाउँपालिकामा दर्ता भइ सञ्चालनमा आएका समूह तथा सहकारीले फागुन २७ गतेभित्र आवश्यक कागजातसहित निवेदन दिन सक्नेछन् ।