close

भोक्राहा नरसिंहमा ८१ जनालाई रोजगारी

भोक्राहा नरसिंहमा ८१ जनालाई रोजगारी

Trulli
ADVERTISEMENT

सुनसरी - भोक्राहा नरसिंह गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा ८१ जना स्थानीयलाई रोजगारी दिएको छ । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिएको हो । 

गाउँपालिकाकी रोजगार संयोजक शोभाकुमारी महतोका अनुसार सोमध्ये अधिकांश स्थानीय बासिन्दाले १०० दिने रोजगारी पाइसकेका छन् । गाउँपालिकाको ८ वटा वडामध्ये ४ वटा वडामा सो कार्यक्रम सुरु भइसकेको उनले पालिकाखबरलाई सुनाइन् । 

उनका अनुसार गाउँपालिकाले कृषि पैनी निर्माण, मर्मत तथा सरसफाई गर्न लगाएको छ । सो कार्यक्रममा सहभागी हुने व्यक्तिलाई गाउँपालिकाले दैनिक ६६८ रुपैयाँको दरले पारिश्रमिक दिने उनले सुनाइन् । सो रकम सम्बन्धित व्यक्तिको बैंक खातामार्फत भुक्तानी गरिने उनको भनाइ छ । 

गाउँपालिकाले आगामी आर्थिक वर्षमा रोजगारी दिनको लागि बेरोजगार सूचीमा सूचीकृत हुन स्थानीयलाई अनुरोध गरिसकेको उनले बताइन् ।