close

विदेशमा सिकेको सीप सदुपयोग गर्नको लागि वडास्तरीय सञ्जाल

विदेशमा सिकेको सीप सदुपयोग गर्नको लागि वडास्तरीय सञ्जाल

Trulli
ADVERTISEMENT

मोरङ - मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर ७ मा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकीकरण कार्यक्रम अन्तर्गत सामाजिक अभिमुखीकरण तथा वडास्तरीय सञ्जाल गठन गरिएको छ । गाउँपालिकाको रोजगार सेवाको आयोजनामा शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो । 

गाउँपालिकाको वडा न ७ का वडा सदस्य  भूमिप्रसाद कोइरालाको अध्यक्षतामा आयोजित सो कार्यक्रमबाट टोलस्तरीय सञ्जाल गठन भएको छ । सुमन मगरको अध्यक्षतामा ९ जनाको सञ्जाल गठन भएको गाउँपालिकाले जनाएको छ । 

वडासदस्य कोइरालाका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गरी सो सञ्जाल गठन गरिएको हो । वैदेशिक रोजगारीको क्रममा शारीरिक रुसमा अशक्त वा अंगभंग भएर आएमा तथा सीप सिकेर आएको व्यक्ति बेरोजगार भएमा रोजगारीको वातावरण सृजना गराउनका लागि सो कार्यक्रम सञ्चालनमा ल्याएको उनले पालिकाखबरलाई सुनाए । साथै उनीहरूको सीपको सही सदुपयोग पनि हुने गाउँपालिकाको भनाइ छ । 

रोजगारीको लागि पालिकाको रोजगार शाखा हुँदै प्रदेश र संघीय सरकारमार्फत रोजगार प्रदान हुने उनले सुनाए । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुलाई विभिन्न सामाजिक क्षेत्रको नेतृत्व विकास गर्न र सेवासँग जोड्न हौसला प्रदान गर्नको लागि सो कार्यक्रम ल्याएको उनले सुनाए । 

पालिकाभित्रका चार वटा वडामा सो सञ्जाल गठन भइसकेको उनले सुनाए । ९ वडामध्ये ३ वटा वडामा सञ्जाल गठनको कार्य सुरु भएको उनको भनाइ छ । बाँकी वडामा पनि छिट्टै सो सञ्जाल गठन गर्ने गाउँपालिकाको योजना छ ।