close

लिजामा बराहक्षेत्र जिल्लाकै उत्कृष्ट

लिजामा बराहक्षेत्र जिल्लाकै उत्कृष्ट

Trulli
ADVERTISEMENT

सुनसरी - स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा बराहक्षेत्र नगरपालिका जिल्लाकै उत्कृष्ट भएको छ । नगरपालिकाले लिजाको १०० पूर्णाङ्कमध्ये आर्थिक वर्ष २०७९/०८० मा ९१ अंकसहित जिल्लाकै उत्कृष्ट भएको हो । 

नगरपालिकाको सूचना अधिकारी गौरी रायका अनुसार लिजामा पालिका जिल्लाकै उत्कृष्ट हुनुका साथै नतिजामा सुधारसमेत भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा करिब ७८ अंक ल्याएको उनले पालिकाखबरलाई सुनाए । 

लिजामा राम्रो नतिजा ल्याएसँगै पालिकामा अवसर र चुनौती भएको उनले बताए । राम्रो नतिजा भएको आगामी वर्षमा पनि सोही अनुरुप काम गर्न दबाब आउने उनको भनाइ छ । आगामी वर्ष सतप्रतिशत अंक ल्याउन आफूहरुले प्रयास गर्ने उनले सुनाए । 

नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच समझदारी र सहकार्यमा कार्य भएकाले सो नतिजा प्राप्त गर्न सकेको उनले बताए । स्थानीय तहमा सेवा प्रवाहलाई छिटो, छरिटो र पारदर्शी रुपमा गर्न सकेमा राम्रो नतिजा ल्याउन सक्ने उनको भनाइ छ ।