close

सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै दुप्चेश्वर

सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै दुप्चेश्वर

Trulli
ADVERTISEMENT

नुवाकोट– दुप्चेश्वर गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्ने भएको छ । गाउँपालिकाले यहि चैत ७ गते बुधबार समुन्द्रटारमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्ने भएको हो । 

फागुन २५ गते बसेको कार्यपालिका बैठकको निणर्यअनुसार सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्न लागेको मंगलबार एक सूचना जारी गर्दै गाउँपालिकाले जानकारी दिएको छ । 

दुप्चेश्वर गाउँपालिकाको बार्षिक नीति तथा कार्यक्रमले तय गरेका उद्देश्य पूरा गर्न तथा स्थानीय र पालिकाबिच दोहोरो संवाद र पारदर्शिता स्थापित गर्न सार्वजनिक सुनुवाइ गर्न लागेको गाउँपालिकाले जनाएको छ । सो कार्यक्रमबाट आम जनताको पिर, मर्का, गुनासो र सुझाव प्राप्त हुने गाउँपालिकाले विश्वास व्यक्त गरेको छ ।