close

फागुन ३० गते राजापुरले सार्वजनिक सुनुवाई गर्दै

फागुन ३० गते राजापुरले सार्वजनिक सुनुवाई गर्दै

Trulli
ADVERTISEMENT

बर्दिया– राजापुर नगरपालिकाले सार्वजनिक सुनुवाई गर्ने भएको छ । गाउँपालिकाले फागुन ३० गते सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको हो ।
नगरपालिकाले समसामयिक विषयमा सरोकारवाला तथा नगरबासीहरुको जिज्ञासा गुनासो प्रतिक्रिया तथा सुझाब लिन सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागिएको जनाएको छ । उक्त कार्यक्रम ३० गते बुधबार १ बजे राजापर नगरपालिका वडा नं. ४ कार्यालयको प्राङ्गणमा हुने प्रमुख प्रशासकीय अधिकृतल जानकारी दिए ।

कार्यक्रममा उपस्थितीका नगरपालिका अन्तर्गतमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका प्रमुख, स्थानीय सुरक्षा निकायका प्रमुखलगायत सम्पूर्ण नगरबासी तथा अन्य सरोकारवालालाई आह्वान गरेको छ ।