close

काठमाडौं उपत्यका : मौसम चिसिंदै, प्रदूषण बढ्दै

जाडो मौसममा प्रदूषण बढी हुने गर्छ । यसरी चिसो मौसममा बढी प्रदूषण हुँदा धुम्रपान नगर्नेहरुमा पनि फोक्सोको क्यान्सर बढ्ने विज्ञ बताउँछन् ।

काठमाडौं उपत्यका : मौसम चिसिंदै, प्रदूषण बढ्दै

जाडो मौसममा प्रदूषण बढी हुने गर्छ । यसरी चिसो मौसममा बढी प्रदूषण हुँदा धुम्रपान नगर्नेहरुमा पनि फोक्सोको क्यान्सर बढ्ने विज्ञ बताउँछन् ।

Trulli
काठमाडाैं उपत्यका
ADVERTISEMENT

काठमाडौं । हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिंदै जाँदा प्रदूषण पनि दिनप्रतिदिन बढीरहेको छ ।

जाडो मौसममा हावा पनि चिसो हुन्छ । चिसो हावाको घनत्व बढी भएकाले तातो हावा जस्तो सहजै उडेर जान सक्दैन ।

चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । यसरी चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ । जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ । यसरी चिसो मौसममा बढी प्रदूषण हुँदा धुम्रपान नगर्नेहरुमा पनि फोक्सोको क्यान्सर बढ्ने विज्ञ बताउँछन् ।

प्रदूषणले गर्दा मानिसमा एलर्जी मात्रै नभएर हृदयघात, मधुमेह नियन्त्रण नहुने जस्ता समस्या देखिने गर्छन् ।

यो बेलामा मानिसहरु आफैँले बुझेर पनि वातावरणको सरसफाइमा ध्यान दिनुपर्ने हो तर आम मानिसहरुलाई यसको पर्वाह छैन, जसकारण पनि अहिले वायु प्रदूषण काठमाडौंसहित देशका विभिन्न सहरमा खतरा बन्दै गएको छ ।

काठमाडौं उपत्यकामा यतिबेला वायु प्रदूषण बढेको छ । नदी, सडक र गल्लीहरुमा सरसफाइ हुन सकेको छैन । जसकारण पनि यसको प्रत्यक्ष असर आम सर्वसाधारणमा परिरहेको छ ।

वायुमण्डलमा धुवाँ तथा धुलोको मात्रा बढी हुँदा आकाश नै तुवाँलोले ढाकेको छ । अझै पनि सर्वसाधारण नागरिकहरु नै यसमा चनाखो भएर वातावरण सरसफाइमा नलाग्ने हो भने वायु प्रदूषणले झनै खतराको तह पार गर्ने निश्चित छ ।

सबैभन्दा पहिला जथाभावी फोहोर फाल्ने बानी हटाउनु पर्छ । नदीनाला, सार्वजनिक जग्गा, सडकहरुमा फोहोरफाल्ने बानी हटाउनसके मात्रै पनि केही मात्रामा प्रदूषणलाई कम गर्न सकिन्छ।

वायु प्रदूषणलाई रोक्न पुराना र थोत्रा सवारीसाधनहरुको प्रयोगमा पनि नियन्त्रण गर्न जरुरी छ ।