close

१५ दिने मध्यपरिक्रमा आज सकिँदै, भोली जनकपुरमा होली

१५ दिने मध्यपरिक्रमा आज सकिँदै, भोली जनकपुरमा होली

Trulli
ADVERTISEMENT

जनकपुर- १५ दिने धार्मिक यात्रा मध्यपरिक्रमा सोमबार जनकपुरधामको अन्तरगृह परिक्रमापछि सम्पन्न हुँदै छ ।

भारतको बिसौलबाट परिक्रमा गर्नेहरू आज बिहानैदेखि जनकपुरधाम आइरहेका छन् । उनीहरू आज साँझसम्म जनकपुरधाम पुग्ने कार्यक्रम छ । जनकपुधाम पुगेपछि सोमबार बिहानदेखि अन्तरगृह परिक्रमा गरिनेछ ।

२७ फागुनदेखि धनुषाको मिथिला विहारी नगरपालिकाको ठेरा कचुरीस्थित मिथिला विहारी मठबाट रामजानकीको डोला र जनकपुरधामको अग्निकुण्डलगायतका मठबाट ल्याएका जानकीका डोलाहरूलाई समावेश गरी परिक्रमाको यात्रा सुरु गरिएको थियो । अन्तरगृह परिक्रमा सम्पन्न भएपछि त्यसको भोलिपल्ट जनकपुरधामसहित यस क्षेत्रमा होली पर्व मनाइन्छ ।

नेपाल र भारतका धार्मिक ऐतिहासिक ठाउँहरू समेटिने यो परिक्रमाअन्तर्गत  नेपालतर्फ ९० किलोमिटर र भारततर्फ ३० किलोमिटर गरी जम्मा १ सय २० किलोमिटर भू(भागको पैदलयात्रा गरी पक्रिमा गर्नेहरू जनकपुरधाम पुगेका हुन् ।

मिथिला माहात्म्यमा वर्णन गरिएको मध्यपरिक्राको सुरुवात १८औँ शताब्दीभन्दा केही अगाडि भएको वरिष्ठ साहित्यकार डा। राजेन्द्र बिमलले बताए । परिक्रमाअन्तर्गत क्रमशस् जनकपुरको हनुमान नगर, विहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण ९भारत०, बिसौल ९भारत० र यात्राको अन्तिम दिन अर्थात् १५औँ दिन जनकपुरको  अन्तरगृह परिक्रमा गरी मध्यपरिक्रमा गरिन्छ ।