close

विद्युतको पहुँच नपुगेका वडाहरुमा विद्युत विस्तार गर्दै बित्थडचिर

विद्युतको पहुँच नपुगेका वडाहरुमा विद्युत विस्तार गर्दै बित्थडचिर

Trulli
ADVERTISEMENT

बझाङ– बित्थडचिर गाउँपालिकामा पहिलो पटक विद्युत पुग्ने भएको छ । गाउँपालिका र विद्युत प्राधिकरणको लागत साझेदारीमा विद्युत पुग्ने भएको हो ।

गाउँपालिकाले विद्युत पहुँच नपुगेको ठाउँमा विस्तार गर्ने प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर बिष्टले जानकारी दिए । वडा नम्बर १ देखि वडा नम्बर ९ सम्ममा विद्युत पहुँच नपुगेको उनले पालिकाखबरलाई सुनाए ।

गाउँपालिका र विद्युत प्राधिकरणको ५०/५० प्रतिशतको लागतले विद्युत पुग्ने ठाउँमा वितरण गरिन लागेको अधिकृत बिष्टले पालिकाखबरलाई जानकारी दिए । उक्त कार्यक्रमको बुधबार उद्घाटन गरेको अधिकृत बिष्टले बताए ।

गाउँपालिका र विद्युत प्राधिकरणको लागत साझेदारीमा विद्युतको पहुँच नपुगेको ठाउँमा विद्युत विस्तार गर्ने भएको हो । गाउँपालिकामा २ करोड लागतले विद्युत विस्तार पुग्ने ठाउँमा वितरण गर्ने उनले सुनाए । उक्त कार्यक्रमको ८५ प्रतिशत काम सकिएको र चैत महिनामा सम्पन्न गरी विद्युत वितरण गरिने उनले जानकारी दिए ।