close

महादेव खोला बृहत् खानेपानीको सम्भाव्यता अध्ययन पूरा

महादेव खोला बृहत् खानेपानीको सम्भाव्यता अध्ययन पूरा

Trulli
ADVERTISEMENT

भक्तपुर- चाँगुनारायण नगरपालिका-६ र वडा नम्बर-७ सिमानामा रहेको महादेव खोला बृहत् खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरिएको छ । 

शुक्रबार चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री र  खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यसहितको प्रतिनिधिमण्डल निरीक्षण गरेका हुन् ।  आयोजनाको लागि बजेट सुनिश्चित गर्दै चाँडै शिलान्यास गर्ने गरी तयारी भइरहेको अनुगमनको क्रममा नगरप्रमुख खत्रीले बताए । 

सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमै भक्तपुरको खानेपानी आवश्यकताको दिगो व्यवस्थापनका लागि महादेव खोलाबाट पानी आपूर्तिको सम्भाव्यता अध्ययन लगायत पूर्वतयारीको कार्य सम्पन्न गरी योजना अगाडि बढाउने घोषणा गरेको थियो । महादेव खोलाको बृहत् खानेपानी आयोजना सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययन पूरा भइसकेको नगरपालिकाले जनाएको छ । 

महादेव खोला बृहत् खानेपानीको स्थलगत अनुगमनमा नगरपालिकाका प्रमुख खत्री, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) का प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थी, चाँगुनारायण-५ का वडाध्यक्ष जयन्द्र खडका, ६ का वडाध्यक्ष धन बहादुर लामा, ७ का वडाध्यक्ष श्यामकृष्ण नयाजु श्रेष्ठ र ८ का वडाध्यक्ष जनक खत्रीलगायत थिए ।