गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित साविक नवलपरासी जिल्ला बाट टुक्रिएर बनेको पूर्वी तर्फको खण्ड नवलपरासी (ब.सु.पू) जिल्लाको पूर्वी भागमा पर्दछ । नेपालको राजधानी शहर काठमाडौंबाट १५० कि.मी. दक्षिण पश्चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि.मी. दक्षिणमा अवस्थित छ । यसको पूर्व र दक्षिणमा चितवन जिल्ला (भरतपुर महानगरपालिका), पश्चिममा देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका, उत्तरमा तनहुँ जिल्ला रहेको छ । यसको पूर्व र दक्षिणमा नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालिगण्डकी नदि र पश्चिम तर्फ झरही खोलाले सिमाना छुट्टाएकोले यसलाई नदिवेश्ठित नगरपालिका भन्न सकिन्छ । यस नगरपालिकाको कार्यालय २७.७०४९ डिग्री अक्षांश र ८४.३९१२
डिग्री देशान्तरमा अवस्थित रहेको छ ।
नेपाल सरकारबाट मिति २०७१।१।२५ मा घोषणा भई २०७१।२।७ मा कार्यानवयनमा आएको यस गैंडाकोट नगरपालिका साविक गैंडाकोट, मुकुन्दपुर, अमरापुरी र रतनपुर (२०७३ मा थप भएको) ४ गा.वि.स. समावेस गरि १८ वटा वडामा विभाजन गरिएको छ । गैंडाकोट नगरपालिका चितवन राष्ट्रिय निकुञ्जको उत्तर तर्फ रहेको र यहाँ बस्ति बस्नु भन्दा अगाडी गैंडा रहने स्थान भएकाले यस नगरपालिकाको नामकरण गैंडाकोट रहेको अनुमान गर्न सकिन्छ । १५९.९३ बर्ग कि.मि. क्षेत्रफल ओगटेको यस नगरपालिकामा ३४०८१ जना महिला तथा ३०९९७ जना पुरुष गरि जम्मा ६५०७८जनसंख्या रहेको छ (जनगणना २०६८) ।गैंडाकोट नगरपालिकाको समग्र विकासको अवस्थालाई देहायका ४ खम्वाको आधारमा प्रस्तुत गरिएको छ ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५