जाजरकोट कात्तिक १७ गते मध्य रातको भूकम्पले नलगाड नगरपालिका८ कोरिन्चेका मनबहादुर खत्रीको घरको...
कर्णाली प्रदेशको राजधानीबाट करिब १९२ कि. मि. उत्तरमा रहेको यस बारेकोट गाउँपालिकाको प्राय अधिकांश भाग उच्च पहाडी भूभागले ढाकेको छ । बारेकोट गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका रामिडाँडा, नायकवाडा¸ सक्ला र रोकाया गाउँ गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेका यहाँका ऐतिहाँसिक बाह्र (१२) वटा कोट (डाँडा वा थुम्का) हरु क्रमश : सिनाकोट¸धौलकोट¸रानाकोट¸ सुवाकोट¸ तलकोट¸ चिमकोट¸ रतनकोट¸ उनीकोट¸ दुनीकोट¸ लम्तीकोट¸ नयरकोट र चुत्रीकोट को नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ९ वटा वडाहरुमा विभाजन गरिएको छ ।कर्णाली प्रदेश अन्तर्गतका स्थानीय तहहरु मध्ये बारेकोट गाउँपालिका एक २०७३।११।२७ मा गठित स्थानीय तह हो । जाजरकोट जिल्लामा विद्यमाना ३ नगरपालिका र ४ वटा गाउँपालिका मध्ये बारेकोट गाउँपालिका पनि एक हो । गाउँपालिकाको केन्द्र साविकको रोकाय गाउँ गा वि स को लिम्सामा अवस्थित छ । यस गाउँपालिकामा विभिन्न जातजाती, भाषाभाषी, धर्म संस्कृतिका मानिसहरुको बसोबास भएता पनि यस क्षत्रीहरुको बाहुल्यता रहेको छ । समुन्द्र सतहदेखि करिब ६१० देखि ५४१२ मिटरसम्मको उचाइमा रहेको बारेकोट गाउँपालिका भौगोलिक अपस्थितिका हिसाबले २८ डिग्री ५८ मिनेट उत्तरदेखि २९ डिग्री ०७ मिनेट उत्तरी अक्षांश र ८२ डिग्री ११ मिनेट पूर्वदेखि ८२ डिग्री ४१ मिनेट पूर्वी देशान्तर बीच फैलिएको छ । यो गाउँपालिका जाजरकोट जिल्लाको सदरमुखकाम खलङ्गादेखि उत्तरी दिशामा रहेको छ । यो गाउँपालिका मुख्य रुपमा दक्षिणी पूर्वी मोहडा फर्काएर उत्तर पश्चिम तर्फ फैलिएको छ । यस गाउँपालकाको पूर्वमा डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका र जाजरकोट जिल्लाको नलगाड नगर पालिका पर्दछ । पश्चिममा जुम्ला जिल्लाको तातोपानी गाउँपालिका र जाजरकोट जिल्लाको कुशे गाउँपालिका पर्छ । त्यस्तै उत्तर तर्फ जुम्ला जिल्लाको गुठीचौर गाउँपालिका पर्दछ भने दक्षिण तर्फ जाजरकोट जिल्लाको नलगाड नगरपालिका पर्दछ । गाउँपालकाको घरधुरी सर्वेक्षण २०७५ अनुसार यो गाउँपालिकाको क्षेत्रफल ५७७.५ वर्ग कि.मि. रहेको छ भने यहाँको कुल घरधुरी ३५५७ र जनसंख्या २१७८९ रहेको छ । भौगोलिक रुपमा अति विकट र दुर्गम भएतापनि बारेकोट गाउँपालिकाको पर्यटकीय, व्यवसायिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक पक्षहरुबाट महत्त्वपूर्ण पहिचान दिएको छ । अवलोकन भ्रमण र जडिबुटी संकलनका दृष्टिकोणबाट महत्त्वपूर्ण सम्भावनाका साथै यहाँको ऐतिहासिक फलाम खानी र जल सम्पदाले महत्वपूर्ण सम्भावना बोकेको छ ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५