close

जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो

जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो

Trulli
ADVERTISEMENT

काठमाडौं । बाँकेको ऐतिहासिक जोगागाउँ र गुरुवागाउँ मेला भर्न स्थानीयको भीड लागेको छ ।

कात्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका–२ जोगागाउँ र वडा नं ५ गुरुवा गाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्दछ । मङ्गलबारदेखि सुरु भएको मेला भर्न बाँकेलगायत दाङ, सुर्खेत र भारतको विभिन्न स्थानबाट सर्वसाधारण आउने गरेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिए । 

उनका अनुसार जोगागाउँ बाबाकुट्टीमा लाग्ने जोगागाउँ मेलामा राति सांस्कृतिक कार्यक्रमसमेत हुने गर्दछ । पुराना मेलाका रुपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट मानिस आउने गर्दछन् ।

यो वर्ष विगतको भन्दा धेरै सर्वसाधारण मेला भर्न आएको जानकी गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले बताए । उनले मेलालाई शान्त र मर्यादित तरिकाबाट सम्पन्न गराउन ध्यान दिइएको उल्लेख गरे । 

जानकी गाउँपालिका–५ बेलहरीस्थित गुरुवा गाउँ मेलामा पनि सर्वसाधारणको घुइँचो छ । मेला हेर्न भारतीयहरु पनि ठूलो सङ्ख्यामा आएको वडा नं ५ का अध्यक्ष टीकानाथ यादवले बताए ।