close

रोशीको डम्फु पार्कमा ल्होछार महोत्सव हुने

रोशीको डम्फु पार्कमा ल्होछार महोत्सव हुने

Trulli
ADVERTISEMENT

काभ्रे- रोशी गाउँपालिका-११ कालढुङ्गा स्थित डम्फू पार्कमा बृहत ल्होछार साङ्स्कृतिक महोत्सव हुने भएको छ । २८६०औ डुग सोनाम ल्होछारको उपलक्ष्यमा रोशी गाउँपालिका र वडा न ११ को वडाको आयोजनामा माघ २२ गते महोत्सव हुने भएको हो ।

प्रवचन र वाङसहित सुरु हुने महोत्सवमा दुई दर्जनभन्दा बढी राष्ट्रियदेखि स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । गाउँपालिकाद्वारा आयोजित कार्यक्रमको समन्वय टाशी चुक्ला खाङ गुम्बा अध्ययन केन्द्र गर्नेछ ऽ  

आयोजकका अनुसार इन्दिरा गोले, चन्द्रकुमार दोङ, अमिर दोङ, बैरागी मोक्तान, प्रयास दोङ, मदन घलान, च्वाइस दोङ, कोसिस थोकर, सुशील लामा, लनम लामा, मोडल रिया लामा, गायक अशोक मोक्तान, गायक शिखर मोक्तान, हास्यकलाकार गोकुल तामाङ, गायक मकर योन्जन लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।

आफ्नै भवनबाट सेवा सुरु गरेपछि सहज

रोशी गाउँपालिकाका- ६ को वडा कार्यालयले आफ्नै नवनीर्मित भवनबाट सेवा सुरु गरेको छ । यससँगै सेवाप्रवाहमा सहज भएको वडा कार्यालयले जनाएको छ ।

वडा नम्बर-६ को भवन निर्माण सकेर सेवा प्रवाह सुरु गरेसँगै गाउँपालिकाको १२ वटै वडा कार्यालय भवन निर्माण सम्पन्न भएका छन् । जिल्ला समन्वय समितिसँगको लागत साझेदारीमा ५८ लाखको लागतमा भवन र घेराबार सम्पन्न भएको ६ नम्बर वडा कार्यालयले जनाएको छ । 

स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधीको पहिलो कार्यकालमा गाउँपालिकाको ६० प्रतिशत र जिल्ला समन्वय समितिको ४० प्रतिशत साझेदारीमा ३० लाखको लागतमा दुई तले भवनको पहिलो तला सम्पन्न भएको थियो ।

स्थानीय तहको निर्वाचन २०७९ पछि दोस्रो तलाको वाल, कार्यालय घेराबारको लागि पुनः लागत साझेदारीमा २८ लाखको लागतमा काम सम्पन्न भएको हो ।

भवन बनाउनका लागि स्व. टेकबहादुर तामाङ, रत्नबहादुर तामाङ, मान बहादुर तामाङ, स्व. राम बहादुर तामाङ, धन बहादुर तामाङ र ज्ञान बहादुर तामाङले जग्गादान गरेका थिए ।