close

नेपाल-बंगलादेश बैंकको डीसी कार्ड योजना 

नेपाल-बंगलादेश बैंकको डीसी कार्ड योजना 

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपाल-बंगलादेश बैंकले विभिन्न पेसामा कार्यरत पेसागत व्यक्तिलाई लक्षित गरी व्यक्तिगत आवश्यकता परिपूर्ति गर्न डीसी कार्ड योजना ल्याएको छ । 

 

योजनाअन्तर्गत ग्राहकले एउटै खाताबाट कर्जा तथा बचतको सुविधा पाउन सक्नेछन् । यस योजनामा ग्राहकले कर्जा सीमाअन्तर्गत रही रकम उपयोग गर्न पाउनेछन् ।

 

सीमाबाहेकको रकम खातामा जम्मा गर्दा उक्त रकममा बचत खाताको ब्याज पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 


हाल बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर तथा ८२ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।