close

सैनामैनाका विपन्न महिलाले पाए सिलाइ मेसिन 

वडाका २५ महिलालाई बाँडियो मेसिन

सैनामैनाका विपन्न महिलाले पाए सिलाइ मेसिन 

वडाका २५ महिलालाई बाँडियो मेसिन

Trulli
ADVERTISEMENT

रूपन्देही(सैनामैना)- रूपन्देहीको सैनामैना नगरपालिकामा सिलाइ-कटाई (हेभी खुट्टे) मेसिन वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत नगरपालिकाका सबै वडाका २५ महिलालाई उक्त मेसिन वितरण गरिएको हो ।


नगरको महिला तथा बालबालिका शाखाको आयोजनामा विपन्न घरपरिवारका महिलालाई ड्रेस मेकरसहित करिब ४ लाख रुपैयाँ लागतमा मेसिन वितरण गरिएको हो । उक्त मेसिन सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्की, उपप्रमुख बिना राना र प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले संयुक्त रूपमा हस्तान्तरण गरे ।


हस्तान्तरण कार्यक्रममा नगरप्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाले महिलालाई व्यावसायिक र अत्मनिर्भर बनाउन हस्तकला, सिलाइ–कटाइ, ब्युटिपार्लरलगायत तालिम सञ्चालन गर्दै आएको बताए । उनले महिलालाई स्वरोजगार बनाउने उद्देश्यले आधारभूत सिलाइ-कटाइ तालिम लिएकालाई मेसिन वितरण गरिएकाले सदुपयोग गर्न आग्रह गरे । 


नगरपालिकाको महिला तथा बालबालिका शाखाले यसअघि नै महिलालाई सिलाइ-कटाइसम्बन्धी एडभान्स तालिम दिने योजना बनाएको थियो । कोरोनाका कारण उक्त तालिम रोकिएको छ । परिस्थिति सहज हुनासाथ महिलालाई ३ महिने सीपयुक्त तालिम दिइने महिला तथा बालबालिका शाखा प्रमुख तुल्सा ज्ञवालीले बताइन् ।