close

नेपालमा सार्वजनिक हुँदै किया सोरेन्टो 

नेपालमा सार्वजनिक हुँदै किया सोरेन्टो 

Trulli
ADVERTISEMENT

काठमाडौं– कियाले नेपालमा आफ्नो ब्रान्डको पहिलो हाइब्रिड एसयूभी सार्वजनिक गर्ने भएको छ । नेपालका लागि किया मोटरको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिले २०२१ सोरेन्टो हाइब्रिड एसयूभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो । 


२०२१ सोरेन्टो हाइब्रिडमा १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाटको इलेक्ट्रोमेग्नेटिक मोटरसहितको १.४९ किलोवाट आवर ब्याट्री छ, जसले गाडीलाई जुनसुकै कठिन भूभागमा लैजान सकिने कम्पनीले बताएको छ ।


स्वच्छ र हरित भविष्यका लागि सोरेन्टो हाइब्रिड हरित विकल्प रहेको कम्पनीको भनाइ छ । यो हाइब्रिड समानान्तर ड्राइभ प्रणालीको टिएमइडी संरचनामा आधारित छ, जुन तारमार्फत फुल गियर बक्समा परिवर्तन हुन्छ र ड्राइभिङलाई रोमाञ्चकारी बनाउँछ ।


नयाँ सोरेन्टोमा १०५४ किलोमिटरको यात्रा तय गर्न पुग्ने फ्युल ट्यांक पनि रहनेछ । नयाँ सोरेन्टो विद्युतीय मोटर र टिजिडिआई पेट्रोल इन्जिन दुवैमा उपलब्ध हुनेछ ।


सात वटा एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टमलगायत सुरक्षा विशेषताले यात्रुलाई सुरक्षा सुनिश्चित गर्ने दाबी कम्पनीको छ ।  नयाँ सोरेन्टोमा सडकको अवस्थाअनुसार नर्मल, स्पोर्ट, इको, स्मार्ट, स्यान्ड, मड र स्नो मोडमा ड्राइभ गर्न सकिनेछ ।  १२.३ इन्चको अल–डिजिटल इन्स्ट्रूमेन्ट क्लस्टर र त्रुटिरहित डिस्प्ले जडानले किया सोरेन्टोको स्क्रिनलाई अझ उन्नत बनाएको छ ।


मुड ल्याम्प, हेड्स अप डिस्प्ले, भेन्टिलेटेड इलेक्ट्रिक सिटलगायत सुविधाले २०२१ सोरेन्टोलाई लक्जरियस एसयूभी बनाउन सघाउन पुर्‍याएको कम्पनीको भनाइ छ । 


गाडीमा १९ इन्चको अलोय ह्वीवल, डुअल एलइडी प्रोजेक्सन हेड ल्याम्प्स, फुलपानोरमिक सनरुफ र सार्पर बडी लाइन्सजस्ता विशेषता छन् । नयाँ सोरेन्टो हाइब्रिड एसयूभी रनवे रेड, ग्राभिटी ब्लू, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याकपर्ल र स्टिल ग्रे गरी पाँच आकर्षक कलर भेरियन्टमा उपलब्ध हुनेछ । किया सोरेन्टो इको हाइब्रिडको मूल्य १ करोड ६९ लाख ९० हजार रुपैयाँ तोकिएको कम्पनीले बताएको छ ।