close

नायिका स्वस्तिमा बनिन् कोका–कोलाको ब्रान्ड एम्बेसडर

नायिका स्वस्तिमा बनिन् कोका–कोलाको ब्रान्ड एम्बेसडर

Trulli
ADVERTISEMENT

काठमाडौं– पेय पदार्थ ब्रान्ड कोका–कोलाले यस पालिको दसैँ अभियानअन्तर्गत ‘धन्यवाद’ शब्द लेखिएको बोतल सार्वजनिक गरेको छ । यसको मुख्य उद्देश्य कोरोना महामारीको समय साथीको रूपमा सहयात्री रहेका व्यक्तिलाई  कोकको बोतलमार्फत धन्यवाद प्रकट गर्नु रहेको कम्पनीले बताएको छ । 


कोका–कोलाले सहयात्री बनेका हरेक व्यक्तिलाई धन्यवाद प्रकट गर्न ८ वटा नयाँ लेबल प्रस्तुत गरेको छ, जसमा आमा, बुबा, दाइ, भाइ, दिदी, बहिनी, साथी र सेवाकर्मी रहेका छन् । नियमित कोकका लेबलमा दसैँ अवसरमा धन्यवाद लखिएको लेबल टाँस गरिएको कम्पनीको भनाइ छ ।


५ वर्षदेखि कोका–कोलाले ग्लोबल ‘सेयर ए कोक’ अभियानअन्तर्गत इनोभेटिभ विषयवस्तु प्रस्तुत गर्दै आएको छ, जसलाई मन खोलौं कोकसँग नाम दिइएको छ । यो अभियान सम्बन्धलाई नजिक ल्याउनमा केन्द्रित थियो । 


कम्पनीले नयाँ अभियान अवसर पारेर नायिका स्वस्तिमा खड्कालाई कोका–कोलाको नयाँ ब्रान्ड एम्बेसडरका रूपमा घोषणा गरेको छ । उक्त अवसरमा नयाँ कोका–कोलाको दसैँ टिभिसी पनि चित्रण गरिएको थियो । यो नयाँ टिभिसीमा गायक सुशान्त केसीको ‘धन्यवाद’ शीर्षकको गीत समाविष्ट छ ।


कम्पनीका नेपाल कन्ट्री निर्देशक आदर्श अवस्थीले कोका–कोलाले यस पालिको दसैँ उपभोक्तालाई महामारीको समय उनीहरूलाई प्रोत्साहित एवं प्रेरित गरेका परिवारका सदस्य र साथीहरूप्रति आभार व्यक्त गर्दै मनाउन प्रेरित गरेको बताए । 


कार्यक्रममा कोका–कोलाले कोभिड–१९ विरुद्ध समाजका लागि अग्रणी मोर्चामा रहेका काम गरेका विभिन्न क्षेत्रका ८ जनालाई सम्मान गरेको थियो । बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले पर्वको मौसममा नयाँ कोक बोतलको माध्यमबाट फ्रन्टलाइनर, परिवार र साथीहरूप्रति कृतज्ञता व्यक्त गर्न सक्षम भएको बताए । कोका–कोलाले टकिङ बोतलको माध्यमबाट निजीकृत सन्देश साझा गर्ने नवीन अवधारणा पेस गरेको हो ।