close

फक्सवागन एसयूभी टाइगुन नेपाली बजारमा

फक्सवागन एसयूभी टाइगुन नेपाली बजारमा

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गरेको छ ।
नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत डा. थोमस प्रिन्जले उक्त एसयूभी सार्वजनिक गरेका हुन् । 

 

नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्वस्तरीय १.० लिटर टर्बोचाज्र्ड इन्जिनद्वारा सञ्चालित छ, जसले ११४ हर्षपावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । नेपाली बजारमा उपलब्ध यस प्रकारका कम्प्याक्ट एसयूभीमध्ये यसको पावर र टर्क सबैभन्दा उच्च भएको कम्पनीको दाबी छ ।

 

फक्सवागन टाइगुनको सुरुआती भेरियन्ट कम्फर्ट लाइनको मूल्य सीमित अवधिका लागि ५० लाख ९० हजार रुपैयाँ तोकिएको छ । तीनमध्ये बाँकी दुई भेरियन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको प्रारम्भिक मूल्य ६९ लाख ९० हजार पर्छ । आधुनिक प्रविधि र परिवर्तन मन पराउने ग्राहकका लागि यो उपयुक्त एसयूभी बन्ने कम्पनीको विश्वास छ ।

 

४० भन्दा बढी सुरक्षात्मक संयन्त्रसहितको फक्सवागनका फन–टु–ड्राइभ विशेषताको यो कारमार्फत ग्राहकले आनन्द प्राप्त गर्न सक्छन् । यो कारमा ग्लोबल डिजाइन ल्यांग्वेज र लाइनेज प्रयोग गरिएको छ ।

 

फक्सवागन टाइगुनमा फ्रेस तथा भाइब्रेन्ट डिजाइनसहितको स्टाइलिस बोल्ड एक्सटेरियर छ । अघिल्लो भागको मस्कुलर ग्रिललाई एलईडी डे टाइम रनिङ हेडलाइटसँग एकीकृत गरिएको छ ।

 

उच्च ग्राउन्ड क्लियरेन्स र लामो ह्विलबेस भएका कारण नेपाली सडकका लागि यो गाडी उपयुक्त रहेको कम्पनीको दाबी छ । फक्सवागन टाइगुनले ९.१ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघन्टासम्मको गतिलिन सक्छ ।

 

यसमा १० इन्चइन्फोटेनमेन्ट सिस्टम, फुल डिजिटल क्लस्टर, फ्रन्ट भेन्टिलेटेड सिट, हिल असिस्ट कन्ट्रोल, इलेक्ट्रिक मुनरुफ, एलइडी टेललाइटलगायत विशेषता छन् ।

 

कम्पनीका सीईओ विवेक बिजुक्छेले फक्सवागन टाइगुनमा भएका ४० भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचरले कारभित्रका यात्रुलाई मात्र नभई कार बाहिरकालाई समेत सुरक्षित राख्ने बताए । 

 

मल्टी–कोलिजन ब्रेक, मजवुत स्टिल स्ट्रक्चर वडी, ६ वटासम्म एयरब्याग, सबै यात्रुकाला गिथ्री प्वाइन्ट सेफ्टी बेल्टलगायत प्यासिभ सेफ्टी फिचर यो गाडीमा उपलब्ध छन् ।

 

कम्पनीले प्रारम्भिक अवस्थामा पहिलो १०० ग्राहकलाई निःशुल्क एसेसरिज र आकर्षक नगद छुटसमेत उपलब्ध गराउनेछ । प्रथम वर्ष कम्पनीले नेपालमा करीब १००० वटा टाइगुन बिक्री वितरण गर्ने लक्ष्य राखेको छ ।

 

पूजा इन्टरनेसनलले पर्व लक्षित ‘भक्स फेस्ट सरप्राइज’ टाइगुन मेला वान दरबार महल दरबारमार्गमा आगामी तिहारसम्म सञ्चालन गर्ने भएको छ । मेलामा ग्राहकले सजिलै उक्त गाडीको टेस्ट ड्राइभ र विभिन्न उपहार बीएमडब्लु–जी३१०जीएस, सुजुकी बरमान स्कुटी र सामसुङ जेड फिलिप्स३ जित्न सक्ने कम्पनीले बताएको छ ।