close

असमान मूल्यमा मोबाइल बिक्रीप्रति महासंघको आपत्ति 

असमान मूल्यमा मोबाइल बिक्रीप्रति महासंघको आपत्ति 

Trulli
ADVERTISEMENT

काठमाडौं– मोबाइल व्यवसायीको छाता संगठन नेपाल मोबाइल व्यवसायी महासंघले अनलाइनमार्फत बिक्री प्रर्वद्धन तथा छुटको बहानामा असमान मूल्यमा मोबाइल सेट बिक्री भइरहेको भन्दै आपत्ति जनाएको छ । 

 

मोबाइल सेट आयतकर्ता तथा डिलरहरूले मोबाइल सेटको खुद्रा बिक्री गर्दै आएका व्यवसायीहरूलाई मोबाइल नदिई सिधै अनलाइनमार्फत बिक्री गर्नेहरूलाई दिँदा खुद्रा व्यवसायी स्वच्छ प्रतिस्पर्धाबाट बञ्चित रहेको भन्दै महासंघले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । 

 

मोबाइल सेट आयतकर्ता तथा डिलरहरूले खुद्रा व्यवसायीलाई मोबाइल सेट नदिँदा व्यवसाय नै धरासायी हुने अवस्थामा पुगेको र खुद्रा व्यवसायीले आर्थिक नोक्सानीसमेत व्यहोर्नु परेको महासंघका अध्यक्ष भरत भट्टराईले बताए । 

 

बस्तुको बिक्री वितरण पश्चात उपभोक्त संरक्षण ऐन २०६३ ले गरेको व्यवस्था अनुसार उपभोक्तहरूले सुविधा नपाउँदा खुद्रा व्यवसायीहरूलाई थप समस्या र भार पारिरहेको महासंघले जनाएको छ । 

 

प्रतिस्पर्धी बजारमा एकतर्फी बस्तुको मूल्य निर्धारण गरी बजारमा बिक्री गर्न नपाउने कानुनी व्यवस्थाको बर्खिलाप गरी विभिन्न मोबाइल कम्पनी, आयतकर्ता तथा डिलरहरूले अनलाइनमार्फत बजारमा एकाधिकार जमाउन खोजेको भन्दै महासंघले विरोध गरेको छ । प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन २०६३ को प्रावधान विपरित कार्य नगर्न र महासंघले उठाएका विषयलाई गम्भीरतापूर्वक लिन अध्यक्ष भट्टराईले आग्रह गरेका छन् ।