close

ओमानसँग खेल्दै नेपाल

ओमानसँग खेल्दै नेपाल

Trulli
ADVERTISEMENT

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले ओमानसँग खेल्दै छ । 

अमेरिकाको टेक्सासस्थित पर्लल्याण्डमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे सुरु हुनेछ ।

अमेरिका भ्रमणमा रहेको नेपाल त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकासँग बराबरी खेलेको थियो । 

१४ खेलबाट १३ अंक जोडेको नेपाल लिगको छैटौं स्थानमा छ । ओमान भने लिगको शीर्षस्थानमा छ । उसले ३५ खेलबाट ४४ अंक जोडेको छ । मंगलबार हुने खेलसँगै ओमानको लागि लिगको अन्तिम खेल हो । 

पछिल्लो पाँच भेटमध्ये नेपालले ओमानसँग केवल १ खेलमा जित हात पारेको छ भने ४ खेलमा हारको सामना गरेको छ ।