close

नेपाल अमेरिकासँग ३९ रनले पराजित

नेपाल अमेरिकासँग ३९ रनले पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ । 

अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा गएराति भएको खेलमा अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै २०६ रन मात्र बनाउन सक्यो । 

नेपालका लागि आरिफ शेखले ६३ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । सोमपाल कामीले ४७ रन र देव खनालले ३४ रन बनाए ।

आसिफ शेख १८, रोहित पौडेल १६ र कुशल भुर्तेल १० रनमा आउट भए । दिपेन्द्र सिंह ऐरीले ७, आदिल अन्सारीले ४,करण केसीले १ रन बनाए । कप्तान सन्दीप लामिछाने शून्यमा रनआउट भए । 

अमेरिकाका लागि अलि खान र सौरभ नेत्राभाल्करले ३/३ विकेट लिए । पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २४५ रन जोडेको थियो । 

नेपालका करण केसीले ३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

सिरिज अन्तर्गत नै यसअघिको भेटमा नेपाल र अमेरिकाबीचको खेलमा बराबरी भएको थियो । लिग-२ को अंकतालिकामा नेपाल पाँचौँ स्थानमा छ। अमेरिका २४ खेलमा २३ अंक जोडेर चौथो स्थानमा छ ।