close

आज टी-२० च्याम्पियनसिपमा नेपालले बहराइनसँग खेल्दै

आज टी-२० च्याम्पियनसिपमा नेपालले बहराइनसँग खेल्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । एसिसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा बहराइनको सामना गर्दैछ । खेल मलेसियाको किनरारा ओभलमा नेपाली समयअनुसार बिहान सवा आठ बजे सुरु हुनेछ ।

आज नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ ।  नेपालले यसअघि  पहिलो खेलमा भुटानलाई ५० रनले र कुवेतलाई २५ रनले हराएको थियो । 

समूह ‘बी’ मा रहेको नेपाल दुई खेलमा चार अंकका साथ शीर्ष स्थानमा रहँदा बहराइन समान खेलबाट एक अंकका साथ चौथो स्थानमा छ ।