close

सर्‍यो, अफ्रिकन कप अफ नेसन्स

सर्‍यो, अफ्रिकन कप अफ नेसन्स

Trulli
ADVERTISEMENT

काठमाडौं ।  अफ्रिकन कप अफ नेसन्स सरेको छ ।

आइभरी कोस्टमा आगामी वर्ष हुने भनिएको प्रतियोगिता सन् २०२४ सम्मका लागि सरेको हो । यसअघि सो प्रतियोगिता २०२३ को जुन र जुलाईमा हुने तालिका थियो ।

कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ)ले वर्षाको समयमा प्रतियोगिता हुन नसक्ने भएकाले सारिएको बताएको छ । क्यामरुनमा भएको अघिल्लो संस्करणको उपाधि सेनेगलले जितेको थियो । 

यसै वर्ष नोभेम्बर डिसेम्बरमा कतारमा विश्वकप आयोजना हुने भएकाले अफ्रिकन कपको मिति अघि सार्नु भन्दा पछि गर्नु उपयुक्त मानिएको हो ।