close

रियल म्याड्रिडको पूनरागमन जीत

रियल म्याड्रिडको पूनरागमन जीत

Trulli
ADVERTISEMENT

काठमाडौं । साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । १–० ले पछि परेको स्थिति उल्ट्याएर रियलले घरेलु टोली अल्मेरियामाथि २–१ को पूनरागमन जीत निकालेको हो

अल्मेरियामा आइतबार राति भएको खेलको छैटौं मिनेटमा रमाजानीको गोलबाट रियल खेलमा पछि परेको थियो । 

घरेलु टोलीविरुद्ध लगातार आक्रमण बुनेको रियलले ६१औं मिनेटमा बेन्जेमाले मिलाइदिएको पासलाई भास्क्वेजले १० यार्डबाट सहज गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि डिफेन्डर अलाबाले मैदान छिर्ने बित्तिकै फ्रिकिकमा गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । अलाबाको फ्रिकिक टप कर्नरमा पोलमा लाग्दै गोलमा परिणत भएको थियो ।