close

नेपालको पोस्टमा थाइल्याण्डको ३ गोल

नेपालको पोस्टमा थाइल्याण्डको ३ गोल

Trulli
ADVERTISEMENT

काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । 

भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा बुधबार भएको खेलमा नेपाल बलियो टोली थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको हो ।

थाइल्याण्डलाई जित दिलाउन तोन्तावान पुन्तामुनीले दुई तथा थानाक्रित जाम्पालीले एक गोल गरे ।

जितसँगै छनोटमा समूह एफमा रहेको थाइल्याण्डले ३ अंक जोडेको छ ।  यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् ।